भेग प्रति निधिको चुनावको समयमा कोहि कसैले पनि अव्यवहारिक क्रिया कलाप नगरी शान्त बातावरणमा भेग प्रतिनिधि चुनाव सम्पन्न गरि दिनु हुन संम्पूर्ण भेगका प्रतिनिधिका उम्मेदवार एवं सदस्यहरुमा अनुरोध गर्दछ । १ प्रतिनिधि बन्नको लागि मनोनयन फर्म वितरण गर्ने । २ फर्म वितरण कार्य समाप्त भएको समयले १५ मिनेट सम्ममा उम्मेदवारी फर्म नियम पूर्वक भरि संम्बन्धित भेग प्रतिनिधि छनौट समिति समक्ष बुझाउनु पर्ने । ३ उम्मेदवारी फर्मका साथ रु ५००।� धरौटी स्वरुप जम्मा गर्नु पर्ने । ४ दाबि विरोधको लागि १५ मिनेटको समय रहनेछ । ५ त्यस पछि उम्मेदवारको सकेसम्म सरल तरिका अपनाईने छ । ६ मतदानको सकेसम्म सरल तरिका अपनाईनेछ । ७ धरौटी फिर्ताको दाबि गर्ने अधिकार खसेको मतको ३३% प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको माग रहने छ । ८ मतदान सकिए लगतै उम्मेदवारको उपस्थितिमा मतगणना गरी नतिजा प्रकाशित गरिने छ । ९ ३३% प्रतिशत भन्दा बढि मत पाई बिजय हासिल गर्ने उम्मेदवारीको धरौटी रकम निर्वाचन परिणाम पश्चात फिर्ता गरिनेछ । १० एक भन्दा बढी छाप लगाएमा बदर हुनेछ । ११ छाप लगाउंदा आफूले छनौट गर्ने उम्मेदवारको नाम भएको कोठामा मात्र स्वस्तिक छाप लगाउनु पर्ने । १२ स्वस्तिक छाप उक्त कोठाको घेरामा छोएमा बदर हुनेछ । भेग प्रतिनिधि छनौट समिति नेपाल खुद्रा व्यापार संघ टेकू , पचली फोन नं. ४२६९७५