अत्यन्त जरुरी सूचना

कोरोना भाइरसको महामारी विश्व भर छरिएको बेला हाम्रो देशमा पनि यसको संकमण फैलिन सक्ने आशंका गरिएको छ । यस्तो समबेदनशील अवस्थामा हामी व्यापारी साथीहरुले सबै उपभोक्ताहरुको हितलाई ध्यानमा राखी आ–आफ्नो ठाउंबाट सुपथ एवं सुलभ रुपमा खाद्यान्न लगायतका सामाग्री बिक्री बितरण गरी आफ्नो तर्फबाट सामाजिक दायित्व वहन गर्न आव्हान गरिन्छ ।

नोट :
कोरोनाबाट बच्नको लागि हामी व्यापारीहरुले पसलमा बस्दाखेरी ध्यान दिनु पर्ने कुरा आखा मुख र नाकमा हातले छुन पर्दा हात धोएर वा सेनिटाइजरको प्रयोग गरेर मात्र छुनु हुन अनुरोध गर्दछ ।

नेपाल खुद्रा व्यापार संघ
टेकू, पचली काठमाण्डौं
०१–९७७–४२६९७५०

 

अत्यन्त जरुरी सूचना