खुद्रा व्यापार संघको ३४ साधारण सभा सम्पन्न भएको जानकारी

नेपाल खुद्रा ब्यापार संघको ३४ औं बार्षिक साधारण सभा तथा मिलन सामारोहको सफलताको लागि हार्दिक शुभकामना ! साथै २०६९ सालको एस.एल.सी. परिक्षामा उत्कृष्ट प्राप्ताड्ड ल्याउने नेपाल खुद्रा व्यापार संघकाद्धारा संचालित स्व. गंगा बहादुर मानन्धर स्मृति कोष मार्फत हरेक वर्ष वितररित हुंदै आइरहेको छात्रवृत्ति प्राप्त गर्नु हुने भेग नं. ४ का सदस्यहरुको छोरी सुश्री सोनिका श्रेष्ठ (८८.२५) र भेग नं. ६ को सदस्यको छोरा रसिन डंगोल (८७.५०) लाई हार्दिक बधाई ज्ञापन गर्दै भविष्य पर्यन्त उहांहरुको सफलताको कामना गर्दछौं ।