उदेश्य

(क) खुद्रा व्यापारीहरुको पेशागत हक हितको सरक्षण एवं सम्बर्धन गर्ने ।
(ख) उपभोक्ताहरुमा सुलभ सेवा र सुविधा पुर्याउन सकिने स्थितिको श्रृजना गर्ने ।
(ग) उपभोक्ताहरुमा दैनिक आवश्यक खाध्य वस्तुहरु सुपथ मोलमा उपलब्ध गराउन प्रयास गर्ने ।
(घ) खुद्रा व्यापारी र उपभोक्ताहरु बीच पारस्परिक भातृत्व बृद्धि गर्ने ।
संघले गरिआएका उल्लेख्य कार्यहरु तथा भविष्यका लागि लक्षित कार्यहरु :
(क) आन्तरिक राजश्व कार्यालयको डोर सघंकै कार्यालयमा बोलाई सदस्यहरुको आयकर सरल तथा छरितो ढंगबाट तिर्ने व्यवस्था तथा स्थायी लेखा नं. (Pan)  दर्ता गर्न सहयोग गरिआएको ।
(ख) सदस्यहरुको व्यवसायमा प्रयोग गरिआएका नापतौलका यन्त्रहरुको स्थलगत नविकरण एवं नयाँ दर्ताका कार्य गर्दे आएको ।
(ग) सघंका प्रत्येक सदस्यहरुको रु. १,००,०००/-  (एक लाख रुपैयाँ) को दुर्घटना बीमा गरेको ।
(घ) महानगरपालिकाका कर टोली सघंको कार्यालयमा बोलाई व्यवसायीहरुले तिर्नुपर्ने व्यवसाय कर सरल ढंगबाट तिर्ने व्यवस्था गरिआएको ।
(ङ) खुद्रा व्यापारीहरुका लागि आ-आफ्ना व्यवसायिक दक्षता एवं शीप अभिवृद्धि गर्नका लागि खुद्रा व्यापार व्यवस्थापन, आधारभूत लेखा सम्बन्धि तालिम र बिक्री कला सम्बन्धि तालिमको व्यवस्था गरिआएको ।
(च) श्री ५ को सरकारद्वारा लागु गरिएका आरकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क र स्थायी लेखा नम्बर दर्ता आदि जस्ता राजश्व सम्बन्शी आवश्यक सूचनाहरुको बारे नि:शुल्क परामर्श सेवा उपलब्ध गराई आएको छ ।
(छ) व्यवसायको सिलसिलामा आइप्रने प्रशासनिक समस्याहरु समाधानका लागि आवश्यक पराम्रश नि:शुल्क सहयोग गरि आएको ।
(ज) सदस्यहरुको लागि मूल्य-सूचि वोर्ड उपलब्ध उरिआएको ।
(झ) बजार गतिविधि तथा मूल्य स्थिती सम्बन्धी एक आपसमा जानकारी आदान प्रदान गर्न तथा सदस्यहरुको व्यक्तित्व विकासका लागि क्लब संचालनगरिआएको छ ।
(ञ) सघंद्वारा २०५८ सालमा आफ्नै भवन खरिद गरेको ।
(त) एसियन प्रोडक्टिभिटि अर्गनाइजेशनद्वारा आयोजित सेमिनारहरुमा सघंबाट सहभागिता जनाएको ।
(थ) विभिन्न वातावरण सुधारका कार्य, खेलजुद विकासका कार्यहरु, साँस्कृतिक कार्यक्रमहरु र सामाजिक कार्यहरु तथा शैक्षिक क्षेत्रमा प्रोत्साहन गरिआएको छ ।
यसरी नै सघंका सदस्यहरुका साथसाथै उपभोक्ताहरुको हितका ध्यानमा राखी भविष्यमा निम्न बमिजिमका कार्यहरु ग्रने लक्ष्य लिएको छ :
(क) युग सुहाउँदो ढंगबाट उपभोक्ताहरुको हितलाई समेत ध्यानमा राखी व्यवसायको विकास गर्न सदस्यहरुलाई अभिप्ररित गर्ने ।
(ख) विश्वका विकसित देशहरुले प्रचलनमा ल्याए सरहका व्यवसाय प्रवर्धनमा सहयिग हुने सूचना प्रविधिको प्रयोग गर्न सदस्यहरुलाई प्रोत्साहित गर्ने ।
(ग) सदस्यहरुको हितका लागि व्यवसायमा सहयोग हुने सूचना बैंकको स्थापना गर्ने
(घ) सदस्य एवं प्रतिनिधिहरुको श्वास्थयताका लागि स्वास्थय चौकी ( Health Clinic )  खोल्ने र Medical Insurance को व्यवस्था गर्ने ।
(ङ) सदस्य एवं प्रतिनिधिहरुको आकस्मिक  समस्या समाधानका लागि हित कोषको स्थापना गर्ने ।
(च) व्यवसायलाई सहयोग हुने तालिम कार्यक्रम सञ्चालन गर्ने ।
(छ) अन्तरराष्ट्रिय जगतमा भैरहेको खुद्रा व्यापार विकासका गतिविधिबारे सदस्यहरुलाई अवगत गराउने तथा अध्यन भ्रमणको व्यवसथा गर्ने ।
(ज) सदस्यहरुले आवश्यक महशुस गरेको र परिस्थिले माग गरेको कार्यहरु गर्दै जाने ।
नेपाल खुद्रा व्यापार सघंले आफुले लिएको उद्देश्य पुरा गर्न र आफरले व्यक्त गरेका प्रतिवद्धता सफल पार्न १३ सदस्यीय कार्य समिति तथा प्रत्येक भेगबाट २ जना प्रतिनिधिको हिसाबले ७९ जनाको प्रतिनिधि सभा गठन गरेको छ। विगत २६ वर्ष देखि खुद्रा व्यापारी र उपभोक्ताहरुको हितलाई प्राथमिकता दिई अगाडी बढेको यस सघंले आज सम्पूर्ण व्यापारी, उपभोक्ताहरु र श्री ५ को सरकारका सम्बन्धित निकायहरुको समेत माया र विश्वास र सहयोग कै कारण आज यस संस्थाले थुप्रै कार्यहरु गरिसकेका छन् र भविष्यमा पनि देश र जनताको सेवामा यस सघंले धेरै भन्दा धेरै योगदान पुर्याउने छ ।