साधारण सभाको सूचना ।

उपभोक्ताहरुको सबभन्दा नजिक रहि दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरी देशको आर्थिक बिकासमा महत्वपूर्ण भूमिका निभाई आएका खुद्रा व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल खुद्रा व्यापार संघको ३८ औं साधारण सभा यहि मिति २०७४ भाद्र १५ गते बिहीवारका दिन भव्यताका साथ सम्पन्न हुन गइरहेको जानकारी गराईन्छ । यस सभामा काठमाण्डौंका समग्र खुद्रा व्यापारीहरु लगायत, विभिन्न जिल्लाका खुद्रा व्यापारीहरु, लगायत अधिराज्यभरका खुद्रा व्यापार संघका पदाधिकारीहरु, प्रतिनिधिहरु, विभिन्न संचार माध्यमका महानुभावहरु, पत्रकारहरु सम्मिलित रहने यस साधारणसभा कार्यक्रममा यहांहरुको उपस्थितिको लागि अनुरोध गर्दछौं । कार्यक्रम मिति ः २०७४ भाद्र १५ गते बिहीवार स्थान ः नेपाल प्रज्ञा प्रतिष्ठान पवित्र बज्राचार्य (अध्यक्ष) नेपाल खुद्रा व्यापार संघ टेकू, पचली ।