नेपाल खुद्रा व्यापार संघको नव निर्वाचित भेग प्रतिनिधि ज्यूहरु

२०७४ साल मंसिर ११ गते को प्रतिनिधि वैठकले यस संघका महा–सचिव श्री राज कुमार श्रेष्ठ ज्यूको संयोजकत्वमा भेग प्रतिनिधि छनौट समिती २०७५ गठन गरी यस खुद्रा व्यापार संघको सम्पूर्ण ३३ भेगको भेग प्रतिनिधि छनौट गर्ने कार्यको जिम्मेवारी हामीलाई दिनु भएकोमा अध्यक्ष ज्यू लगायत सम्पूर्ण कार्य समिति लाई आभार प्रकट गर्दै हामी धन्यवाद दिन चाहन्छौं । हामीबाट उक्त कार्य मिति २०७५/०२/२९ भित्र सम्पन्न गरी निम्न भेगमा निम्न प्रतिनिधि हरु छनौट गरियो ।

भेग नं. नामावली
१ (क) श्री मुक्ति पोखरेल
१ (ख) श्री अष्ट नारायण महर्जन
२ (क) श्री भविश्वर भुषाल
२ (ख) श्री रोशन श्रेष्ठ
३ (क) श्री बाबुकाजी मानन्धर
३ (ख) श्री दिनेश तुलाधर
४ (क) श्री द्धारीका कारंजीत
४ (ख) श्री प्रगम मानन्धर
५ (क) श्री राजेन्द्र महर्जन
५ (ख) श्री रामचन्द्र श्रेष्ठ
६ (क) श्री रुप नारायण तिमिल्सीना
६ (ख) श्री सरोज मान श्रेष्ठ
७ (क) श्री रामकृष्ण मानन्धर
७ (ख) श्री रविन्द्र श्रेष्ठ
८ (क) श्री श्याम मानन्धर
८ (ख) श्री सानु राजा मधैया
९ (क) श्री जयराम श्रेष्ठ
९ (ख) श्री रामकृष्ण मानन्धर
१० (क) श्री शिव डंगोल
१० (ख) श्री साधुराम मानन्धर
११ (क) श्री रामकृष्ण प्रधान
११ (ख) श्री सुदर्शन रंजीत
१२ (क) श्री दिपकरत्न तुलाधर
१२ (ख) श्री हिरा काजी महर्जन
१३ (क) श्री महेश्वर लाल श्रेष्ठ
१३ (ख) श्री गोपाल महर्जन
१४ (क) श्री चैत्यरत्न मानन्धर
१५ (क) श्री दिनेश महर्जन
१५ (ख) श्री रोशन शाही
१६ (क) श्री रज्जु मास्के
१७ (क) श्री सुवर्ण मानन्धर
१७ (ख) श्री वीरेन्द सिंह
१८ (क) श्री सनत मानन्धर
१९ (क) श्री भरत देव जोशी
१९ (ख) श्री बिष्णु प्रसाद उप्रेती
२० (क) श्री सुरज होना
२० (ख) श्री ज्ञानेन्द्र कर्मी
२१ (क) श्री मनोज श्रेष्ठ
२१ (ख) श्री श्याम शंकर डंगोल
२२ (क) श्री बिनोद गोर्खाली
२२ (ख) श्री पंच नारायण महर्जन
२३ (क) श्री ध्रुब अधिकारी
२३ (ख) श्री पुष्प मानन्धर
२४ (क) श्री राजेन्द्र मानन्धर
२४ (ख) श्री धन बहादुर श्रेष्ठ
२५ (क) श्री जयराम सापकोटा
२५ ख) श्री बिष्णु बहादुर श्रेष्ठ
२६ (क) श्री नवराज शर्मा
२६ (ख) श्री रमेश कर्माचाय
२७ (क) श्री जगदिश श्रेष्ठ
२७ (ख) श्री दिपन लाल मुनकर्मी
२८ (क) श्री हरिचन्द्र श्रेष्ठ
२८ (ख) श्री श्याम लाल श्रेष्ठ
२९ (क) श्री रेवती प्रसाद अधिकारी
२९ (ख) श्री ध्रुव तण्डुकार
३० (क) श्री राजेन्द्र गुरुङ्ग
३० (ख) श्री सुमन उलक
३१ (क) श्री मनोहर लोहनी
३१ (ख) श्री महेश थपलिया
३२ (क) श्री विश्वमोहन श्रेष्ठ
३२ (ख) श्री कृष्ण मान महर्जन
३३ (क) श्री खेमानन्द न्यौपाने
३३ (ख) श्री धर्मरत्न महर्जन

उपरोक्त माथि छनौट हुनु भएको सम्पूर्ण भेग प्रतिनिधि ज्यू हरुलाई आफ्नो कार्याकालको पूर्ण सफलताको कामना ब्यक्त गर्दछौं । यस भेग प्रतिनिधि छनौट समितिको कार्यलाई सफल पार्न महत्वपूर्ण सहयोग गरिदिनु हुने यस संघका अध्यक्ष ज्यू , कार्य समितिका पदाधिकारी तथा सदस्य ज्यू हरु, पूर्व प्रतिनिधि ज्यूहरु र नव निर्वाचित प्रतिनिधि ज्यूहरु लाई हामी हृदय देखि नै धन्यवाद दिन चाहन्छौं । साथै यस संघका सम्पूर्ण भेगका सबै सदस्य ज्यूहरु र संघका कर्मचारीहरु लाई पनि यस प्रतिनिधि छनौट कार्य सफल पार्न सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद दिदै यो प्रतिवेदन संघका कार्य समिति लाई बुझाएका छौं ।

भेग प्रतिनिधि छनौट समिति २०७५ नेपाल खुद्रा व्यापार
संयोजक

राज कुमार श्रेष्ठ   /  रामकृष्ण मानन्धर
सदस्यहरु
१ ध्रुव अधिकारी

२ रज्जु मास्के

३ श्री रोशन शाही

सगुन

Event Date : 2011-11-21
Event Time : 1 pm
Venue : Teku

उपभोक्ता को हितमा खद्यान्न का खुद्रा ब्यापारीबारे भएको अन्तरक्रिया कार्यक्रम

Event Date : 2011-11-21
Event Time : 1 pm
Venue : Teku

नेपाल खुद्रा ब्यापार सघ को का स सदश्य मा सर्ब सहमती बाट निर्बिरोध नव निर्बाचित वहाँहरु लाई हार्दिक हार्दिक बधाई ज्ञापन

Event Date : 2014-12-25
Event Time : 2.15
Venue : teku

AGM

Event Date : 2014-12-25
Event Time : 2.15
Venue : teku

नेपाल खुद्रा ब्यापार सघ को नव निर्बाचित का. स. सदश्यहरुको फोटो हरु

Event Date : 2011-7-7
Event Time : 3:30-6:00
Venue : Khudra B yapar, Teku

[ux_gallery ids=”279,280,281,282,283,284,285,286,287,288,289,290,291,292,293,294,295,296″ style=”default” type=”slider” col_spacing=”xsmall” auto_slide=”3000″ image_hover=”zoom” text_align=”center” text_size=”small”]

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

Event Date : 2011-11-21
Event Time : 1 pm
Venue : Teku

[ux_gallery ids=”248,249,250,251,252,253,254,255,256,257,258,259,260,261,262,263,264,265,266,267,268,269,270,271,272″ style=”default” type=”slider” auto_slide=”3000″ image_hover=”zoom” text_align=”center” text_size=”small”]

अन्तरक्रिया कार्यक्रम

Event Date : 2013-3-22
Event Time : 12.30
Venue : KalikaSthan

[ux_gallery ids=”241,242,243,244″ style=”bounce” type=”slider” col_spacing=”xsmall” slider_nav_style=”simple” auto_slide=”3000″ image_size=”original” image_hover=”zoom” text_align=”center” text_size=”small”]

साधारण सभाको सूचना ।

उपभोक्ताहरुको सबभन्दा नजिक रहि दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरी देशको आर्थिक बिकासमा महत्वपूर्ण भूमिका निभाई आएका खुद्रा व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल खुद्रा व्यापार संघको ३८ औं साधारण सभा यहि मिति २०७४ भाद्र १५ गते बिहीवारका दिन भव्यताका साथ सम्पन्न हुन गइरहेको जानकारी गराईन्छ । यस सभामा काठमाण्डौंका समग्र खुद्रा व्यापारीहरु लगायत, विभिन्न जिल्लाका खुद्रा व्यापारीहरु, लगायत अधिराज्यभरका खुद्रा व्यापार संघका पदाधिकारीहरु, प्रतिनिधिहरु, विभिन्न संचार माध्यमका महानुभावहरु, पत्रकारहरु सम्मिलित रहने यस साधारणसभा कार्यक्रममा यहांहरुको उपस्थितिको लागि अनुरोध गर्दछौं । कार्यक्रम मिति ः २०७४ भाद्र १५ गते बिहीवार स्थान ः नेपाल प्रज्ञा प्रतिष्ठान पवित्र बज्राचार्य (अध्यक्ष) नेपाल खुद्रा व्यापार संघ टेकू, पचली ।

उपभोक्ता संरक्षण मस्यौदा विद्येयक २०७३ बारे वृहत अन्तरक्रिया कार्यक्रमको सूचना

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त माननिय श्री कृष्ण हरि वास्कोटा ज्यूको प्रमुख आतिथ्यमा बजार नियमनकारी निकायका महानिर्देशक ज्यूको सहभागितामा हुने उपभोक्ता संरक्षण मस्यौदा विद्येयक २०७३ बारे वृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हन हार्दिक अनुरोध गर्दछु । कार्यक्रम मिति : २०७४ असार ३० गते शुक्रवार स्थान : नेपा व्याङक्वेट खुशिबु शोभाभगवती समय : दिनको १२ः३० बजे राजकुमार श्रेष्ठ महा– सचिव

श्रद्धाञ्जली अर्पण

नेपाल खुद्रा व्यापार संघ, टेकू पचली
सिद्धी गोर्खाली
कार्यालय सचिव

हाम्रा अध्यक्ष श्री राजकुमार श्रेष्ठ ज्यू नेपाल खुद्रा व्यापार संघका संस्थापक सदस्य भई भेग प्रतिनिधि सह सचिव, महा–सचिव को पदिय जिम्मेवारी वहन गरी अध्यक्षमा निर्वाचित भई संघको नेतृत्वदायी भूमिका निर्वाह गरी अविरल योगदान दिई अन्तिम घडीसम्म पनि संस्थाको जिम्मेवारी बोध गरी रहने व्यक्तित्व गुमाउन पुगेका छौं । वहांको आत्माले शान्ति पावस सोक सन्तब्ध परिवारजनलाई धैर्यै धारण गर्ने क्षमता प्रदान गरुन ।

नेपाल खुद्रा व्यापार संघ, टेकू पचली
सिद्धी गोर्खाली
कार्यालय सचिव

    श्रद्धाञ्जली अर्पण

नेपाल खुद्रा व्यापार संघको सूचना ।

यस संघको ३७ औं वार्षिक साधारण सभा मिलन समारोह यहि २०७३ श्रावण ३० गते सम्पन्न हुने जानकारी गराईन्छ । सदस्यता नविकरण तथा सदस्यता वितरण गर्न भेग प्रतिनिधी ज्यूहरु पसल पसलमा आईरहेको हुंदा सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता गराउन हुन अनुरोध गरिन्छ । संघद्धारा संचालित गंगा स्मृति कोष छात्रवृत्तिको लागी श्रावण २० गते भित्र कागजात बुझाउनु हुन पनि सूचित गरिन्छ । साथै सम्पूर्ण व्यापारीहरुले आ-आफ्नो पसलमा सबैले देखिने ठाउंमा मूल्य सूचि वोर्ड राख्नु हुन तथा दैनिक अद्यावधिक गर्नु हुन पनि सूचित गरिन्छ कार्यक्रम २०७३ श्रावण ३० गते आइतवार स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान पवित्र बज्राचार्य (अध्यक्ष) नेपाल खुद्रा व्यापार संघ टेकू, पचली । ४२६९७५०

नापतौलका सामाग्रीहरुको अनुमति पत्र दर्ता नविकरण सम्बन्धि जरुरी सूचना

नापतौल टोली कार्य यही मिती २०७२ चैत्र ७ गते देखी सुरु हुने जानकारी गराइन्छ काठमाण्डौंका व्यापारीहरुको सुविधा र सहुलियतलाई ध्यान दिई यस संघको सक्रियतामा व्यापारीहरुले चलन चल्तीमा ल्याई राखेका ढक, तराजु, लिटर, मिटर आदिको अनुमति पत्र दर्ता नविकरण तथा टांचा लगाउने कार्य गर्न स्थलगत रुपमा हाम्रै टोल छिमेकमा यस संघका प्रतिनिधिहरुका साथ गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालयका कर्मचारीहरुको टोली निम्न लिखित स्थान र मितिमा आउने कुरा सहर्ष जानकारी गराउंदछौं । सो टोली आउंदा आफ्नो नापतौलका सामानहरु सफा र दुरुस्त गरी ल्याउनु भई नाप जांच र नविकरण कार्य सम्पन्न गराउनमा सहयोग गरी फाईदा उठाउन सूचित गरिन्छ । स्थलगत रुपमा नापतौल टोली आई दिंदा समयको बचत तथा सवारी भाडा बच्ने तर टोलीको व्यवस्थापन खर्चको भार यस संघलाई पर्न जाने हुंदा सेवा शुल्क लिइने कुरा पनि जानकारी गराईन्छ । नेपाल खुद्रा व्यापार संघ टेकू , पचली । सम्पर्क नं. ४२६९७५०, ९८४१४६०४२१

नेपाल खुद्रा व्यापार संघको आयकर नविकरण संम्बन्धि सूचना

विगत २०५२ साल देखि काठमाण्डौंका सम्पूर्ण खुद्रा व्यापारी साना कर दाताहरुको सुविधा लाई ध्यान दिई नेपाल सरकार आन्तरिक रावश्व कार्यालय विभाग अन्तर्गत करदाता सेवा कार्यालय हरुमा आ.व. २०७१�२०७२ को आयकर तथा आय विवरण दाखिला गराउने कार्य भैरहेको हुंदा समयमै संघमा सम्पर्क राख्नु हुन सूचित गरिन्छ । यहि २०७२ अशोज २० गतेसम्ममा संघमा आई समयमै कर तिरी जरिवानाबाट बचौं । राजकुमार श्रेष्ठ महा�सचिव सम्पर्क नं ४२६९७५०,

अन्तरक्रिया कार्यक्रम

आर्थिक एैन २०७२/०७३ मा व्यवस्था भएको राजश्व नीतिले साना करदाता खुद्रा व्यापारीहरुलाई पर्ने प्रभाव बारे गरिने अन्तरकृया कार्यक्रममा आन्तरिक राजश्व विभागका श्रीमान महानिर्देशक चुडामणि शर्मा ज्यूको प्रमुख आतिथ्यमा हुने अन्तरक्रिया कार्यक्रममा व्यापारी, प्रतिनिधिहरुको जिज्ञासा समाधान गरिने जानकारी गराईन्छ । कार्यक्रम स्थान : होटल अर्किट, त्रिपुरेश्वर मिति : २०७२ अशोज ८ गते शुक्रबार समय : दिनको १२ बजे पवित्र बज्राचार्य अध्यक्ष

नेपाल खुद्रा व्यापार संघको सूचना

नेपाल खुद्रा व्यापार संघको ३६ औं साधारण सभा २०७२ भाद्र ५ गते सम्पन्न हुने हुंदा संघका सदस्यहरुको सदस्यता नविकरण एवं नयां सदस्यता दर्ता कार्य भै रहेको हुंदा समय मै आ�आफ्नो भेग प्रतिनिधि ज्यूहरु संग सम्पर्क गर्नु हुन सूचित गरिन्छ । संघद्धारा प्रदान गरिने गंगा बहादर स्मृति कोष छात्रबृत्ति को लागि यहि श्रावण १५ गते भित्र आवेदन दर्ता गराउनु हुन पनि सूचित गरिन्छ नेपाल खुद्रा व्यापार संघ टेकू पचली ।

निर्वाचित घोषणा सम्बन्धि जानकारी

आज चुनाव कमिटिबाट प्रकाशित निर्वाचन कार्यक्रम अनुसार मिति २०६७/०४/३० गते राष्ट्रिय सभा गृहमा हुने चुनावमा निम्न पदका लागि निम्न अनुसारको उम्मेदवारहरुको नाम प्रकाशित गरियो तथा पूर्व प्रकाशित उम्मेदवारहरुको नाममा कुनै दाबी विरोध नपरेको हुंदा तपसिल बमोजिमका उम्मेदवारहरुको नाम समेत निर्वाचन कमिटिको निर्णय अनुसार प्रकाशित गरियो । तपसिल उपरोक्त पदका लागि परेको उपरोक्त उम्मेदवारहरु मध्य १. अध्यक्ष पदमा श्री पवित्र बज्राचार्य २.उपाध्यक्ष पदमा श्री राम कृष्ण मानन्धर ३.माहा-सविच पदमा श्री राज कुमार श्रेष्ठ ४.सह-कोषाध्यक्ष पदमा श्री नरेश बाबु शाही निर्विरोध निर्वाचित हुनु भएको तथा ५.सचिव पदमा श्री अमूल काजी तुलाधर ६.कोषाध्यक्ष पदमा श्री राजेन्द्र कृष्ण श्रेष्ठ सहमति एवं सहकार्यबाट निर्विरोध हुनु भएको व्यहोरा सबैका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । निर्वाचन कमिटी २०६७

नेपाल खुद्रा व्यापार संघ श्री गंगा बहादुर मानन्धर स्मृति कोष द्धारा संचालित छात्रवृत्ति काय्रक्रम

संचालित छात्रवृत्ति कार्यक्रम 28 साधारण सभामा घोषणा गरे अनुरुप संघका सदस्यहरुका छोरा वा छोरीहरु मध्ये एक छात्र, एक छात्रालाई एस.एल.सी. मा उत्कृष्ट परिणाम ल्याए बापत नेपाल खुद्रा व्यापार संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष स्व. श्री गंगा बहादुर मानन्धरज्यूको स्मृतिम गठन गरिएको श्री गंगा बहादुर मानन्धर स्मृति कोषद्धारा छात्रवृत्ति प्रदान गरिने यहांहरुलाई जानकारी गरिन्छ छात्रवृत्ति पाउने नियम हरु १ नेपाल खुद्रा व्यापार संघद्धारा गरिने श्री गंगा बहादुर मानन्धर छात्रवृत्तिको लागि सदस्यहरुका छोरा छोरी हरु मध्ये एस.एल.सी परिक्षामा उत्कृष्ट हुने एक छात्र एक छात्रा एक जनालाई जनही रु. १०,०००।�(रु. दश हजार मात्र) छात्रवृत्ति स्वरुप प्रदान गरिनेछ । २ छात्रवृत्ति पाउने छात्र तथा छात्रा नेपाल खुद्रा व्यापार संघका सदस्यको छोरा, छोरी वा एकाघरका नाति नातिनी हुनु पर्नेछ । ३ छात्रवृत्ति पाउने छात्र तथा छात्राले आफ्नो लब्धांक तथा चारित्रिक प्रमाण पत्र २०६९ श्रावण २५ गते सम्ममा नेपाल खुद्रा व्यापार संघमा उपलब्ध गराई सक्नुपर्नेछ । ४ नेपाल नेपाल खुद्रा व्यापार संघमा २०६८ चैत्र मसान्तसम्ममा आवद्ध भएका सदस्य महानुभावका छोरा, छोरी वा एकाघरका नाति नातिनीलाई मात्र प्रदान गरिनेछ । ५ छात्रवृत्ति पाउने छ त्र तथा छात्राको नेपाल खुद्रा व्यापार संघका सदस्यसंगको नाता प्रमाणको प्रमाण माग गर्न सकिनेछ । ६ दुई वा दुईभन्दा छात्र वा छात्राको प्रतिशत बराबर भएका दामासाही रुपमा छात्रवृत्ति प्रदान गरिनेछ ७ छात्रवृत्ति संघको वार्षिक साधारण सभामा प्रदान गरिनेछ । पेश गर्नुपर्ने कागजातहरु (क) एस.एल.सी. को लब्धांक पत्रको प्रतिलिपी । (ख) चारित्रीक प्रमाण पत्रको प्रतिलिपी । (ग) संघको सदस्यताको नाता प्रमाण पत्र । (घ) संघको सदस्यताको नविकरण भएको प्रमाण पत्रको प्रतिलिपी । (ङ) छात्रवृत्ति पाउन निवेदन दिनेको पासपोर्ट साइजको फोटो दई थान । प्रेम बहादुर श्रेष्ठ संयोजक श्री गंगा बहादुर मानन्धर स्मृति कोष

१२ औं दिनको पुन्य तिथिमा हार्दिक समवेदना

यस संघको भेग नं. २४ का भेग प्रतिनिधि श्री भरत सत्याल ज्यू को असामयिक देहवसान भएको छ । संघ प्रति निष्ठावान, समाजसेवी होनहार भेग प्रतिनिधि गुमाउनु परेको छ । उहांको अपुरणीय क्षति प्रति गहिरो दुख : व्यक्त गर्दै हार्दिक श्र्रद्धाञ्जली अर्पण गर्दछौं । यस दुखद घडीमा शोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गर्दछौं । नेपाल खुद्रा व्यापार संघ परिवार टेकू, पचली ।

भेग प्रतिनिधि छनौट चुनाव संबन्धि कार्यक्रम २०७१

भेग प्रति निधिको चुनावको समयमा कोहि कसैले पनि अव्यवहारिक क्रिया कलाप नगरी शान्त बातावरणमा भेग प्रतिनिधि चुनाव सम्पन्न गरि दिनु हुन संम्पूर्ण भेगका प्रतिनिधिका उम्मेदवार एवं सदस्यहरुमा अनुरोध गर्दछ । १ प्रतिनिधि बन्नको लागि मनोनयन फर्म वितरण गर्ने । २ फर्म वितरण कार्य समाप्त भएको समयले १५ मिनेट सम्ममा उम्मेदवारी फर्म नियम पूर्वक भरि संम्बन्धित भेग प्रतिनिधि छनौट समिति समक्ष बुझाउनु पर्ने । ३ उम्मेदवारी फर्मका साथ रु ५००।� धरौटी स्वरुप जम्मा गर्नु पर्ने । ४ दाबि विरोधको लागि १५ मिनेटको समय रहनेछ । ५ त्यस पछि उम्मेदवारको सकेसम्म सरल तरिका अपनाईने छ । ६ मतदानको सकेसम्म सरल तरिका अपनाईनेछ । ७ धरौटी फिर्ताको दाबि गर्ने अधिकार खसेको मतको ३३% प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको माग रहने छ । ८ मतदान सकिए लगतै उम्मेदवारको उपस्थितिमा मतगणना गरी नतिजा प्रकाशित गरिने छ । ९ ३३% प्रतिशत भन्दा बढि मत पाई बिजय हासिल गर्ने उम्मेदवारीको धरौटी रकम निर्वाचन परिणाम पश्चात फिर्ता गरिनेछ । १० एक भन्दा बढी छाप लगाएमा बदर हुनेछ । ११ छाप लगाउंदा आफूले छनौट गर्ने उम्मेदवारको नाम भएको कोठामा मात्र स्वस्तिक छाप लगाउनु पर्ने । १२ स्वस्तिक छाप उक्त कोठाको घेरामा छोएमा बदर हुनेछ । भेग प्रतिनिधि छनौट समिति नेपाल खुद्रा व्यापार संघ टेकू , पचली फोन नं. ४२६९७५