नेपाल खुद्रा व्यापार संघको सूचना ।

यस संघको ३७ औं वार्षिक साधारण सभा मिलन समारोह यहि २०७३ श्रावण ३० गते सम्पन्न हुने जानकारी गराईन्छ । सदस्यता नविकरण तथा सदस्यता वितरण गर्न भेग प्रतिनिधी ज्यूहरु पसल पसलमा आईरहेको हुंदा सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता गराउन हुन अनुरोध गरिन्छ । संघद्धारा संचालित गंगा स्मृति कोष छात्रवृत्तिको लागी श्रावण २० गते भित्र कागजात बुझाउनु हुन पनि सूचित गरिन्छ । साथै सम्पूर्ण व्यापारीहरुले आ-आफ्नो पसलमा सबैले देखिने ठाउंमा मूल्य सूचि वोर्ड राख्नु हुन तथा दैनिक अद्यावधिक गर्नु हुन पनि सूचित गरिन्छ कार्यक्रम २०७३ श्रावण ३० गते आइतवार स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान पवित्र बज्राचार्य (अध्यक्ष) नेपाल खुद्रा व्यापार संघ टेकू, पचली । ४२६९७५०