User Name
 
  Password
 
   
   
(क)   खुद्रा व्यापारीहरुको पेशागत हक हितको सरक्षण एवं सम्बर्धन गर्ने ।
(क)   उपभोक्ताहरुमा सुलभ सेवा र सुविधा पुर्याउन सकिने स्थितिको श्रृजना गर्ने ।
(ग)   उपभोक्ताहरुमा दैनिक आवश्यक खाध्य वस्तुहरु सुपथ मोलमा उपलब्ध गराउन प्रयास गर्ने ।
(क)   खुद्रा व्यापारी र उपभोक्ताहरु बीच पारस्परिक भातृत्व बृद्धि गर्ने ।
     
    संघले गरिआएका उल्लेख्य कार्यहरु तथा भविष्यका लागि लक्षित कार्यहरु :
(क)   आन्तरिक राजश्व कार्यालयको डोर सघंकै कार्यालयमा बोलाई सदस्यहरुको आयकर सरल तथा छरितो ढंगबाट तिर्ने व्यवस्था तथा स्थायी लेखा नं. (Pan)  दर्ता गर्न सहयोग गरिआएको ।
    सदस्यहरुको व्यवसायमा प्रयोग गरिआएका नापतौलका यन्त्रहरुको स्थलगत नविकरण एवं नयाँ दर्ताका कार्य गर्दे आएको ।
    सघंका प्रत्येक सदस्यहरुको रु. १,००,०००/-  (एक लाख रुपैयाँ) को दुर्घटना बीमा गरेको ।
    महानगरपालिकाका कर टोली सघंको कार्यालयमा बोलाई व्यवसायीहरुले तिर्नुपर्ने व्यवसाय कर सरल ढंगबाट तिर्ने व्यवस्था गरिआएको ।
    खुद्रा व्यापारीहरुका लागि आ-आफ्ना व्यवसायिक दक्षता एवं शीप अभिवृद्धि गर्नका लागि खुद्रा व्यापार व्यवस्थापन, आधारभूत लेखा सम्बन्धि तालिम र बिक्री कला सम्बन्धि तालिमको व्यवस्था गरिआएको ।
    श्री ५ को सरकारद्वारा लागु गरिएका आरकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क र स्थायी लेखा नम्बर दर्ता आदि जस्ता राजश्व सम्बन्शी आवश्यक सूचनाहरुको बारे नि:शुल्क परामर्श सेवा उपलब्ध गराई आएको छ ।
    व्यवसायको सिलसिलामा आइप्रने प्रशासनिक समस्याहरु समाधानका लागि आवश्यक पराम्रश नि:शुल्क सहयोग गरि आएको ।
    सदस्यहरुको लागि मूल्य-सूचि वोर्ड उपलब्ध उरिआएको ।
    बजार गतिविधि तथा मूल्य स्थिती सम्बन्धी एक आपसमा जानकारी आदान प्रदान गर्न तथा सदस्यहरुको व्यक्तित्व विकासका लागि क्लब संचालन गरिआएको छ ।
    सघंद्वारा २०५८ सालमा आफ्नै भवन खरिद गरेको ।
    एसियन प्रोडक्टिभिटि अर्गनाइजेशनद्वारा आयोजित सेमिनारहरुमा सघंबाट सहभागिता जनाएको ।
    विभिन्न वातावरण सुधारका कार्य, खेलजुद विकासका कार्यहरु, साँस्कृतिक कार्यक्रमहरु र सामाजिक कार्यहरु तथा शैक्षिक क्षेत्रमा प्रोत्साहन गरिआएको छ ।
     
   

यसरी नै सघंका सदस्यहरुका साथसाथै उपभोक्ताहरुको हितका ध्यानमा राखी भविष्यमा निम्न बमिजिमका कार्यहरु ग्रने लक्ष्य लिएको छ :

    युग सुहाउँदो ढंगबाट उपभोक्ताहरुको हितलाई समेत ध्यानमा राखी व्यवसायको विकास गर्न सदस्यहरुलाई अभिप्ररित गर्ने ।
    विश्वका विकसित देशहरुले प्रचलनमा ल्याए सरहका व्यवसाय प्रवर्धनमा सहयिग हुने सूचना प्रविधिको प्रयोग गर्न सदस्यहरुलाई प्रोत्साहित गर्ने ।
    सदस्यहरुको हितका लागि व्यवसायमा सहयोग हुने सूचना बैंकको स्थापना गर्ने
    सदस्य एवं प्रतिनिधिहरुको श्वास्थयताका लागि स्वास्थय चौकी ( Health Clinic )  खोल्ने र Medical Insurance को व्यवस्था गर्ने ।
    सदस्य एवं प्रतिनिधिहरुको आकस्मिक  समस्या समाधानका लागि हित कोषको स्थापना गर्ने ।
    व्यवसायलाई सहयोग हुने तालिम कार्यक्रम सञ्चालन गर्ने ।
    अन्तरराष्ट्रिय जगतमा भैरहेको खुद्रा व्यापार विकासका गतिविधिबारे सदस्यहरुलाई अवगत गराउने तथा अध्यन भ्रमणको व्यवसथा गर्ने ।
    सदस्यहरुले आवश्यक महशुस गरेको र परिस्थिले माग गरेको कार्यहरु गर्दै जाने ।
     
   

नेपाल खुद्रा व्यापार सघंले आफुले लिएको उद्देश्य पुरा गर्न र आफरले व्यक्त गरेका प्रतिवद्धता सफल पार्न १३ सदस्यीय कार्य समिति तथा प्रत्येक भेगबाट २ जना प्रतिनिधिको हिसाबले ७९ जनाको प्रतिनिधि सभा गठन गरेको छ। विगत २६ वर्ष देखि खुद्रा व्यापारी र उपभोक्ताहरुको हितलाई प्राथमिकता दिई अगाडी बढेको यस सघंले आज सम्पूर्ण व्यापारी, उपभोक्ताहरु र श्री ५ को सरकारका सम्बन्धित निकायहरुको समेत माया र विश्वास र सहयोग कै कारण आज यस संस्थाले थुप्रै कार्यहरु गरिसकेका छन् र भविष्यमा पनि देश र जनताको सेवामा यस सघंले धेरै भन्दा धेरै योगदान पुर्याउने छ ।

 

 
Photogallery
 
Pabitra Bajracharya

HaCKeD By idoLatrous
Late Ganga Bdr. Manandhar

HaCKeD By idoLatrous
Ram Krishna Manandhar

HaCKeD By idoLatrous
Raj Kumar Shrestha

Amul Kazi Tuladhar

HaCKeD By idoLatrous
Rajendra Krishna Shrestha

HaCKeD By idoLatrous

HaCKeD By idoLatrous