नापतौलका सामाग्रीहरुको अनुमति पत्र दर्ता नविकरण सम्बन्धि जरुरी सूचना

नापतौल टोली कार्य यही मिती २०७२ चैत्र ७ गते देखी सुरु हुने जानकारी गराइन्छ काठमाण्डौंका व्यापारीहरुको सुविधा र सहुलियतलाई ध्यान दिई यस संघको सक्रियतामा व्यापारीहरुले चलन चल्तीमा ल्याई राखेका ढक, तराजु, लिटर, मिटर आदिको अनुमति पत्र दर्ता नविकरण तथा टांचा लगाउने कार्य गर्न स्थलगत रुपमा हाम्रै टोल छिमेकमा यस संघका प्रतिनिधिहरुका साथ गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालयका कर्मचारीहरुको टोली निम्न लिखित स्थान र मितिमा आउने कुरा सहर्ष जानकारी गराउंदछौं । सो टोली आउंदा आफ्नो नापतौलका सामानहरु सफा र दुरुस्त गरी ल्याउनु भई नाप जांच र नविकरण कार्य सम्पन्न गराउनमा सहयोग गरी फाईदा उठाउन सूचित गरिन्छ । स्थलगत रुपमा नापतौल टोली आई दिंदा समयको बचत तथा सवारी भाडा बच्ने तर टोलीको व्यवस्थापन खर्चको भार यस संघलाई पर्न जाने हुंदा सेवा शुल्क लिइने कुरा पनि जानकारी गराईन्छ । नेपाल खुद्रा व्यापार संघ टेकू , पचली । सम्पर्क नं. ४२६९७५०, ९८४१४६०४२१